किन छरिन्छ शतबीज ?  « Khabarhub

किन छरिन्छ शतबीज ? 


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

मार्ग कृष्ण त्रयोदशीको रात पितृका नाममा दीप दान गरेर बालाचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।

रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् भोलिपल्ट बिहान शतबीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ  ।

अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरूको लागि सम्पन्न गर्नुपर्ने नियम पुरा गर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन रात भर जाग्राम बसेर मृतकको  नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ ।

शतबीज छर्ने क्रममा ७ अन्नहरूको प्रयोग गरिन्छ । यसमा धान, गहुँ, मास, मुगी, कागुनो र सामाको बिउलगायत पर्छन् । यसका साथै  ठाउँ अनुसार सुन्तला अम्बा, सखरखण्ड, स्याउ, उखु, केरा र चनाको पनि प्रयोग गरिन्छ ।

यो पर्व शक्तिपीठ पुग्न नसकेकाहरूले घरमै बसेर पनि मनाउने गर्छन् । यसरी विधिपूर्वक पूजा गरी रातभरि जागा बसेर पूजा गरेको सो दीपलाई दुना या टपरीमा राखेर माथिबाट ज्वाला निस्कने ठाउँ दिएर अर्को दुना, टपरी या बोहोताले छोपेर खोलामा बगाउने चलन छ ।

किंवदन्ती यस्तो छ
किंवदन्तीअनुसार प्राचीन कालमा एक बाला नामका असुर थिए । जो आर्यघाटमा बसेर मृतकको आफन्तलाई तर्साउने र शव चोरेर खाइदिने गर्थे ।

आर्यघाटमा लगेका शवहरू कुनै पनि पूरा जल्नै नदिने गर्थे । उनको यो कुरा थाहा पाएर त्यहाँका राजाले आफ्ना एक सिपाही (ब्रिस) लाई उनको हत्या गर्न निर्देशन दिए ।

ब्रिस बालाका निकटका हितैषी थिए र हत्या गर्न सकेनन् र शिवको आराधना गर्न थाले । उनको आराधनाबाट खुसी भएर भगवान शिवले बालालाई असुर जुनीबाट मुक्त गराउनका लागि बालाको नाममा शतबीज छरेर आफ्नो साथीलाई मुक्त गराउन आज्ञा दिए । सोहीअनुरूप अहिले पनि आफ्ना मृतकको आत्माको शान्तिका लागि शतबीज छर्ने गरिन्छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ६ : ३५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने