कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् आफ्नो नतिजा | Khabarhub Khabarhub

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् आफ्नो नतिजा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार अपराह्न सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र र्आशिकतर्फ गरी कूल ४ लाख २८ हजार ६७ जना परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार १६ हजार २ सय ४ जना परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । यस्तै ३१ हजार परीक्षार्थीले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् भने ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८० जीपीए ल्याएका छन् ।
बोर्डले सार्वजनिक गरेको परीक्षाफल अनुसार सबैभन्दा धेरै ८६ हजार २ सय २७ जना परीक्षार्थीले २.०१ देखि २.४० जीपीए ल्याएका छन् ।

यस्तै १.६१ देखि २.०० जीपीए ल्याउने परीक्षार्थीको संख्या ६२ हजार ६ सय १९ छ भने १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या १९ हजार छ । यस्तै, ०.८१ देखि १.२० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३ हजार ५ सय २४ छ भने सबैभन्दा कम स्तरको ०.००देखि ०.८० ल्याउनेको संख्या १३ हजार ३ सय ६२ छ ।

तल उल्लेखित वेभसाइटमा क्लिक गरेर आफ्नो नतिजा हेर्न सकिन्छ;

www.neb.gov.np

www.neb.ntc.net.np

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ५३ बजे

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो 

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको आर्थिक वृद्धिदर चार

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा

मुस्ताङ भन्सारबाट दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु