संसद् सेवा दिवसका अवसरमा रक्तदान « Khabarhub

संसद् सेवा दिवसका अवसरमा रक्तदान


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । संघीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ । विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रुपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ । संसद् सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन् । दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १ : ०३ बजे

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी