सर्वोत्कृष्ट सूचनामूलक भिडियो निर्माण गर्ने दुई प्रहरी सम्मानित « Khabarhub

सर्वोत्कृष्ट सूचनामूलक भिडियो निर्माण गर्ने दुई प्रहरी सम्मानित


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् ।

नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले उनीहरूलाई सम्मान गरेको हो । साथै मञ्चले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई पनि सम्मान गरेको छ । 

उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई समेत सम्मान गरे । 

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ५३ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा