संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक छ : देउवा « Khabarhub

संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक छ : देउवा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन्।

धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए।

स्वर्गीय सिंह पार्टीको सम्पत्ति भएको समेत उनले स्मरण गरे। उनको अनुपस्थितिले कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको उनको भनाइ थियो। उक्त कार्यक्रममा सहभागी हुन देउवा नेपाली सेनाको हेलिकप्टरबाट आएका थिए।

कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघीयता कार्यान्वय गर्नु पर्ने बताए।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ४६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२