अभियन्ता ईः ललितपुर महानगर कार्यालय अगाडि १०८ मिनेट उभिने « Khabarhub

अभियन्ता ईः ललितपुर महानगर कार्यालय अगाडि १०८ मिनेट उभिने


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभियन्ता ईः भनेर चिनिने इशान अधिकारी आज ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् ।

महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध उनी आज दिउँसो ३ बजेदेखि १ घण्टा ४८ मिनेट उभिने भएका हुन् ।

महानगरपालिकाले पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक महत्त्वका स्थानहरूमा अवरोध भएको भन्दै यही मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको थियो ।

यसअघि काठमाडौँ महानगरपालिकाले फुटपाथबाट व्यापारीहरूलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ४१ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम