घुर्ने समस्या छ ? यस्तो रोगले खतरा हुनसक्छ « Khabarhub

घुर्ने समस्या छ ? यस्तो रोगले खतरा हुनसक्छ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लीप एप्रिया अर्थाल निद्रामा घुर्ने समस्या निद्रा सम्बन्धी एक प्रकारको रोग हो । साधारण घुराई र रोगका कारण हुने घुराईमा भिन्नता छ ।

साधारण घुराई मोटोपना हुनेहरुमा वा स्वस्थ्य मानिसलाई पनि हुन सक्छ । यस्तो अवस्थामा स्पील एप्रियामा जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन ।

स्लीप एप्रिया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वासनली सागुरो भई केही बेरको लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ ।

यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ । यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ ।

घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ ।

धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहँदैन। बिरामीलाई भन्दा सँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ ।

यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हार्ट अट्याक) देखि दीर्घकालीन शारीरिक तथा मानसिक असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

स्लीप एप्रिया हुनेहरुलाई यस्तो समस्या आउँछ

–हार्ट अट्याक,

–मुटुको चालमा गडबडी,

– प्यारालाइसिस,

–मानसिक समस्या,

–थकान,

–सडक दुर्घटना,

–प्रेसर,

–मधुमेह,

–यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ४० बजे

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको