नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै | Khabarhub Khabarhub

नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बत्तीसपुतलीमा बस्ने छ। 

नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएकोमा आफूसँग परामर्श नगरी बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हो ।

बैठकमा शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६ देखि १९ सम्मका लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् ।

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०८ बजे

साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं : सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती

छैनन् चाहिएजति फार्मासिस्ट, जथाभावी औषधिको प्रयोग रोक्न चुनौती

आज विश्व फार्मासिस्ट दिवस, मानव स्वास्थ्यमा फार्मासिस्टको भूमिकालाई उजागर र

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना

आजका समाचार : प्रधानमन्त्री भेटघाटमा व्यस्त, जीबीविरुद्ध चितवनमा मुद्दा दर्ता र लेबनानमा भीषण युद्ध

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा