झापामा बाढीबाट ज्यान गुमाउने अधिकांश बालबालिका « Khabarhub

झापामा बाढीबाट ज्यान गुमाउने अधिकांश बालबालिका


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा परी ज्यान गुमाउने अधिकांश बालबालिका रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ ।

एक जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा पुग्दा बाढीको चपेटामा परी बालबालिकाले ज्यान गुमाएको पाइएको छ ।

ज्यान गुमाउने बालबालिकामा दमक–१० मावली घर भएकी छ वर्षीया एलिजा न्यौपाने, शिवसताक्षी–१० का नौ वर्षीय सौगात चापागाईं, मेचीनगर–१३ का अढाई वर्षीय अजित प्रसार्इं र बाह्रदशी–३ हर्कटेका ११ वर्षीय विजय खड्का छन् ।

सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार एलिजालाई भालु खोलाको कल्भर्टमा पानी खेल्ने क्रममा बाढीले बगाएको थियो भने सौगात खेल्ने क्रममै बनियानी खोला छेउमा पुग्दा बाढीमा परेका थिए । खेतमा गएका बुबालाई पछ्याउने क्रममा फुलबासा खोलामा चिप्लिएर अजितको मृत्यु भएको थियो ।

अर्का बालक विजयलाई अदुवा खोलामा पौडी खेल्ने क्रममा बाढीले बगाएको थियो । बाढीमा परी मृत्यु भएका कमल गाउँपालिका–५ का ६८ वर्षीय काजीबहादुर जोशी घर छेउको पैनीमा चिप्लिएर बगेका थिए भने भद्रपुर–२ का ५१ वर्षीय हर्कमान लिम्बूलाई मेची खोलाको बाढीले बगाएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर–१४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका छन् । गत असार २७ गते बेपत्ता भएका उहाँको शव फेला परेको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट झापामा ९६ परिवार पूर्ण विस्थापित, ६५५ परिवार प्रभावित, सात घरमा पूर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको छ । यसैबीच, कृषि ज्ञान केन्द्र झापाले जिल्लाको गौरीगञ्ज, हल्दीबारी, कमल र बाह्रदशी गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाका किसानको बाली र खेतीयोग्य जमीनमा बाढीले बढी क्षति पु¥याएको जानकारी दिएको छ ।

किसानले रोपाइँ गरिसकेका दुई हजार ७४२ बिगाहा जमीन बाढीले कटान गरेको र त्यसबाट रु एक करोड भन्दा बढीको बाली क्षति भएको ज्ञान केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारले सङ्घीय र प्रदेश सरकारबाट राहत पाउने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ०२ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२