शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड « Khabarhub

शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेहरान- शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड दिइएको छ ।

देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो ।

नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ छ ।

धार्मिक शहीद अयातुल्लाह अब्बास अली सुलेमानीको हत्यारालाई देशको सर्वोच्च अदालतले अनुमोदन गरेपछि आज कासा (प्रतिशोधसम्बन्धी इस्लामिक कानुन) को सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख छ ।

इस्लामी कानुनअनुसार पीडित परिवारले दोषीलाई छोड्न सहमत भएमा केसासको सजाय घटाउन सकिन्छ । ७५ वर्षीय सुलेमानी यसअघि सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सहयोगी थिए र उनले काशान र जाहेदान शहरमा शुक्रबार हुने इस्लामिक प्रार्थनाको नेतृत्व गर्ने गरेका थिए ।

विशेषज्ञहरूको ८८ सदस्यीय सम्मेलनलाई सर्वोच्च नेताको पर्यवेक्षण, बर्खास्ती र चयन गर्ने जिम्मेवारी दिइएको छ । यसको नेतृत्व ९६ वर्षीय धर्मगुरु अहमद जनातीले गरिरहेका छन् । यसका सदस्यहरू आठ वर्षे कार्यकालका लागि निर्वाचित हुन्छन्, तर उनीहरूको उच्च पदस्थ धर्मगुरूबाट अनुगमन हुने गर्छ ।

सन् २०२२ को अप्रिलमा इरानको दोस्रो सहर मशादमा छुरा प्रहारबाट दुई धर्मगुरुको मृत्यु भएको थियो । २१ वर्षीय संदिग्ध जिहादी अब्दोलातिफ मोराडीलाई दुई महिनापछि फाँसी दिइएको थियो । मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरान विश्वमा धेरै मानिसलाई मृत्युदण्ड दिनेमध्येको एक इस्लामिक मुलुक हो ।

नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन आठ वर्षयताकै सबैभन्दा बढी हो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ०८ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको