सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु | Khabarhub Khabarhub

सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । पछि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

झडपमा अरु १० जना प्रहरी समेत घाइते भएका छन् । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो ।

नगरपालिका कार्यालय परिसरको अवस्था अझै तनावग्रस्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : २३ बजे

टप एन्ड टी२० : नेपाल बङ्गलादेश ‘ए’सँग पनि पराजित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’

धरान– पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

सिन्धुली– यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १०

आजका समाचार : रविलाई नख्खु कारागारमा स्थानान्तरण, कांग्रेसलाई महाधिवेशन चाँडै गर्न दबाब र पुटिन–ट्रम्प वार्ता उपलब्धिमूलक

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाईराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति