टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०’ « Khabarhub

टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान २.०’


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कामका लागि विदेश जान लागेका युवालाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वावलम्बी अभियान २.०’ ल्याएको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सकिने र देशमै रही आफ्नो साथी-भाई र परिवारको साथ रोजगारी/व्यवसायको अवसर सिर्जना गरी स्वाभिनी भई जीवन निर्वाह गर्न सक्ने छन् ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले देशमै रही केही गर्न चाहने युवाहरूका लागि यो अभियान राम्रो अवसर हुन सक्ने विश्वास लिएका छन् ।

यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उनी बताउँछन् ।

यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौँ नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो । बजारको माग र देशबाट युवा तीव्र रूपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल बिजनेस युनिटका सहायक जी. एम. दिवस बाबु सुवेदी बताउँछन् ।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ भनि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्ने वा ९८०११०७६०० मा मिसकल गर्न सकिने छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ३८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष