ताइवानी निर्वाचनलाई प्रभावित बनाउन चीनको भ्रमण कूटनीति « Khabarhub

ताइवानी निर्वाचनलाई प्रभावित बनाउन चीनको भ्रमण कूटनीति


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमा हुन लागेको निर्वाचनलाई प्रभावित बनाउन चीनले त्यहाँका नेताहरुलाई घुमघामको व्यवस्था मिलाएको पाइएको छ । ताइवानी सुरक्षा निकायहरुले सस्तो भ्रमण, यातायात, खानपिनजस्ता सुविधा दिएर चीनको ताइवान मामिला कार्यालयले नेताहरुलाई भ्रमणमा लगेको जनाएका छन् ।

ताइवानमा अर्को वर्षको जनवरी १३ मा राष्ट्रपतीय एवम् संसदीय निर्वाचन हुँदैछ । ताइवानको कानुनले निर्वाचन अभियानमा चीनसहित ‘विदेशी दुश्मन शक्ति’ बाट पैसा लिन बन्देज लगाएको छ ।

यस कानुनको उल्लङ्घन गरेको विषयमा राजनीतिक दलका सदस्यलगायत २२ जनामाथि औपचारिक अनुसन्धान भइरहेको रोयटर्सले जनाएको छ । त्यसबाहेक अन्य ४ सय भ्रमणबारे पनि छानबिन भइरहेको जनाइएको छ ।

यस्तो भ्रमणमा गएकाहरुले आफ्नै खर्चमा जहाजको टिकट काटेपनि त्यहाँ रहँदाबस्दाको सुविधा भने चिनियाँ पक्षले तिर्ने गरेको ताइवानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सन् २०२३ मा मात्रै ताइवानका १ हजारभन्दा धेरै स्थानीय नेताहरुले चीनको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ५१ बजे

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै