रास्वपाको वडा अधिवेशन आजदेखि सुरु | Khabarhub Khabarhub

रास्वपाको वडा अधिवेशन आजदेखि सुरु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु हुँदैछ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन सुरु गरेकाे हो ।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ ।’

उनले सात प्रदेशमा सात वडामा अधिवेशन सम्पन्न हुने बताउँदै निरन्तररूपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर राष्ट्रिय महाधिवेशनको तयारी गर्ने बताए ।

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् ।

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठका अनुसार प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने छ । जसमा कम्तीमा चार महिला सदस्य अनिवार्य गरिएको छ । यस्तै चार जनामध्ये एक जना अनिवार्यरूपमा दलित महिलाको व्यवस्था गरिएको छ । ६ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ४२ बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै