भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु « Khabarhub

भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काराकस भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो  ।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका थिए । उनले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए  ।

आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताएका छन् । उनका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १२ : ४३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण