भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु « Khabarhub

भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काराकस– भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो  ।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका थिए । उनले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए  ।

आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताएका छन् । उनका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १२ : ४३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न