पत्याउनुहुन्छ, चीनमा चट्टानबाटै निस्किन्छ अण्डा ! « Khabarhub

पत्याउनुहुन्छ, चीनमा चट्टानबाटै निस्किन्छ अण्डा !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विचित्रका ठाउँ छन् । विचित्रका घटनाहरु पनि घटिरहेका हुन्छन् । केही घटनाहरुले मानिसलाई निकै अच्चमित र आश्चर्यचकित बनाउँछन् ।

छिमेकी मुलुक चीनमा एउटा अचम्मको चट्टान छ, जसले अण्डा पार्छ भन्दा जो कोही लाई पत्याउन मुस्किल पर्छ । दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको बताइन्छ ।

२० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो चट्टानको नाम ‘चन दन या’ हो । यसको अर्थ अण्डा पार्ने चट्टान भन्ने हुन्छ । यसको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको स्थानीयबासी बताउँछन् ।

यो अण्डा पार्ने चट्टान चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीयवासीहरु यो अण्डा पार्ने चट्टानलाई खुसीको प्रतीक मान्छन् । यो चट्टानबाट निस्किएको अण्डा आकारको ढुङ्गा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् ।

वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पुरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई । विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समीकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ३४ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.