किसानलाई मूल्य शृङ्खलामा काम गर्न अध्यक्ष ओलीको सल्लाह | Khabarhub Khabarhub

किसानलाई मूल्य शृङ्खलामा काम गर्न अध्यक्ष ओलीको सल्लाह


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनकुटा– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिएका छन् ।

बैतडीको चिवाघाटबाट पाँचथरसम्मको संकल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुगेका अध्यक्ष ओलीले यस्तो सुझाव दिएका हुन्  । यात्राका क्रममा पाख्रिबास नगरपालिका आइपुगेका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गरेका थिए ।

सागलाई गुन्द्रुक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिए । त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उनको भनाइ थियो । ‘पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन’, उनले भने, ‘अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।’

आज भोजपुरबाट महालक्ष्मी नगरपालिकाको लेगुवा बजारबाट सुरु भएको संकल्प यात्रा पाख्रिबास नगरपालिकाको पाख्रिबास बजार, धनकुटा नगरपालिकाको हिले बजार, छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजार हुँदै टोली तेहथुमको वसन्तपुर पुगेर आमसभामा सहभागी हुने एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : ०१ बजे

विदेश सचिव मिस्रीसँग राष्ट्रपतिले भने- भारतबाट नेपालले अझै बढी लाभ लिन चाहन्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव

विदेश यात्रामा हुने विकृति रोक्ने अध्यागमनको प्रयास, ट्राभल एजेन्सीदेखि विमान कम्पनीसम्मलाई ७ बुँदे निर्देशन

काठमाडौं- अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ,

ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका

‘बलिदान’को टिजरमा समीरलाई ‘एक्सन किङ’को ट्याग

काठमाडौं – निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘बलिदान’को टिजरले

एशियन होटलले आईपीओ निष्कासन गर्ने 

काठमाडौं– एशियन होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कान गर्ने