जनकपुरमा अन्नबाट सीताराम स्वयम्बरको आकृति बनाइँदै « Khabarhub

जनकपुरमा अन्नबाट सीताराम स्वयम्बरको आकृति बनाइँदै


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

धनुषा – विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ ।

भगवान् रामसीतासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायर फिटको रहने निर्माण संयोजक सतिश गुजरले बताए ।

सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठका अनुसार खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचाइ एक सय २१ फिट र चौडाइ ९१ फिटको रहने छ । आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न प्रयोग गरेर जम्मा एक सय दुई क्वीन्टल लाग्ने संयोजक महासेठले बताए ।

यसमा चनाको दाल, गहुँ, भटमास, चना, बदाम, मुंग, रहरको दाल, मकै, मसुरोको दाललगायत खाद्यान्न प्रयोग गरिने भएको छ । विश्वमा जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि अन्नको आकृतिको चित्र बनाएर गिनिज बुकमा अभिलेख राख्नका लागि प्रयास भइरहेको संयोजक महासेठले बताए । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकार आएको छ ।

स्थानीय जनकपुरधाम उपमहानगरपालिका–४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सबै कार्य शुक्रबार बिहान १० बजेसम्म पूरा हुने सतिश गुज्जरले बताए । आकृति निर्माणमा रु २१ लाख खर्च हुने र यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ३६ बजे

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको

चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

काठमाडौं- चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका