हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही असन्तुष्ट हुनु स्वाभाविक : प्रस्तावित न्यायाधीश सुवेदी « Khabarhub

हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही असन्तुष्ट हुनु स्वाभाविक : प्रस्तावित न्यायाधीश सुवेदी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ ।

आज सिंहदरबारमा बसेको समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उनले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गरिन् ।

न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुर्‍याउने उनको भनाई थियो ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

संसदीय सुनुवाइमा आफ्नो धारणा राख्दै उनले न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको तर्क गरे ।

न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च  अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना तथा अधिवक्ता द्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

अन्य प्रस्तावित न्यायाधीशको सुनुवाइ क्रमशः हुने र निर्णय सुनाउने समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ५७ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले