पाकिस्तानमा भएका आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते « Khabarhub

पाकिस्तानमा भएका आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्धसैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दुई अर्धसैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले बताएको छ ।

स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएको स्रोतले बताएको छ ।

प्रहरीका अनुसार प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई पक्राउ गर्नका लागि खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको