लागूऔषध मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन्।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका–२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले बताए।

मियालाई लागूऔषध मुद्दामा गुल्मी जिल्ला अदालतको २०५१ असार ३० गतेको फैसला अनुसार २ वर्ष ५ महिना २४ दिन कैद कैद फैसला गरेको थियो। अदालतले कैद सजाय सुनाएपछि उनी फरार भएका थिए।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएको र कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी राठोरको भनाइ छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ५२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण