बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त « Khabarhub

बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- बेइजिङ भ्रमणमा गएकी एक जना महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघले चिन्ता व्यक्त गरेको छ ।

गत अक्टोबर महिनामा बेइजिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी साउथ चाइना मर्निङ पोस्टकी पत्रकार घर नफर्केकी हुन् । उनी हाल बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त पत्रिकाका लागि सुरक्षासम्बन्धी रिपोर्टिङ गर्दै आएकी मिन्नी चानको अवस्थाबारे अझै थाहा हुन नसकेको जनाइएको छ ।

उक्त अखबारले भने ती पत्रकारले व्यक्तिगत विदा लिएको र उनको परिवारले पनि व्यक्तिगत कामका लागि उनी बेइजिङमै रहेको बताएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : ०२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६