तृप्ति डिमरी आईएमडीबीमा सबैभन्दा लोकप्रिय सेलिब्रिटी | Khabarhub Khabarhub

तृप्ति डिमरी आईएमडीबीमा सबैभन्दा लोकप्रिय सेलिब्रिटी


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – फिल्म ‘एनिमल’ रिलिजपछि रणवीर कपुर र बबी देओलबाहेक कोही चर्चामा छ भने त्यो नाम हो तृप्ति डिमरी । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नेसनल क्रस’को संज्ञा नै दिएका छन् ।
अब फिल्मको अभिलेख राख्ने एजेन्सी आईएमडीबीको भारतीय संस्करणले नयाँ सूची सार्वजनिक गरेको छ, जसमा तृप्ति सबैभन्दा लोकप्रिय सेलिब्रिटी बनेकी छन् ।

आईएडीबीले हरेक साता यो सूची जारी गर्छ । पछिल्लो साता उक्त वेबसाइटमा धेरै खोजिने सेलिब्रिटीले सूचीमा स्थान पाउँछन् । तृप्तिपछि यो सूचीमा ‘एनिमल’ निर्देशक सन्दीप रेड्डी भांगा दोस्रो स्थानमा छन् ।

सूचीमा सुहाना खान र खुसी कपुर तेस्रो र चौथो स्थानमा छन् । सायद तृप्ति आफू यतिविधि लोकप्रिय हुन्छु भनेर उनी स्वयंले अनुमान पनि गरेकी थिइनन् । ‘एनिमल’ रिलिज भएपछि उनको भाग्य चम्किएको छ ।

अभिनेता सौरभ सचदेवा पनि सूचीमा छन् । सचदेवाले ‘एनिमल’मा बबी देओलको भाइको भूमिका निर्वाह गरेका छन्, जो उनको अनुवादक हुन् । यो सूचीमा राजकुमार हिरानी, जोया अख्तर र ‘केजीएफ’ अभिनेता यश पनि छन् । सूचीमा ‘एनिमल’सँग जोडिएका चार नाम सूचीकृत छन् ।

‘एनिमल’ रिलिजपछि तृप्तिको लोकप्रियता ह्वात्तै बढ्यो । विवरण अनुसार फिल्म रिलिजअघि उनलाई इन्स्टाग्राममा ६ लाखले पछ्याएका थिए । अहिले फलोअर्स संख्या ३६ लाख पुगेको छ । फलोअर्समा ३२० प्रतिशतले वृद्धि भएको देखिन्छ ।

एनिमल’मा तृप्तिको पात्रको नाम जोया हो । उनी रणवीरको चरित्र रणविजयसँग प्रेममा परेकी छिन् । यद्यपि उनी शत्रु गिरोहकी सदस्य हुन्छिन् । फिल्ममा जोया र रणविजयको बीचमा धेरै अन्तरंग दृश्य छन् ।

फिल्ममा उनका केही दृश्यलाई लिएर विवाद भएको छ । एउटा दृश्यमा रणविजयले जोयालाई अंग्रेजीमा मेरो जुत्तालाई चुम्बन गर्न आग्रह गर्छन् । यो दृश्यमा दर्शकको एक वर्ग आक्रोशित छ । यो फिल्म भए पनि महिलाका लागि यस्तो शब्द प्रयोग गर्नु उचित नभएको उनीहरुको तर्क छ ।

तृप्तिले यसबारे आफ्नो अलग धारणा राखेकी छन् । आफू व्यावसायिक अभिनेत्री भएकाले स्क्रिप्टमा भएअनुसार काम गर्न हिच्किचाहट नभएको उनले बताएकी छन् । तर वास्तविक जीवनमा यो काम उचित नभएको उनको तर्क छ ।

‘काला’ र ‘बुलबुल’जस्ता फिल्ममा काम गरिसकेकी तृप्तिलाई ‘एनिमल’ले पहिचान दिलाएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०२ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न