‘भुल भुलैया ३’ मा पलक तिवारीको चर्चा « Khabarhub

‘भुल भुलैया ३’ मा पलक तिवारीको चर्चा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक आर्यन अभिनीत फिल्म ‘भुल भुलैया २’ गतवर्ष रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गरेको थियो । त्यसैले पनि यसका निर्देशक अनिस बज्मी र निर्माता भुषण कुमार अर्को सिक्वेल अर्थात ‘भुल भुलैया ३’को तयारी गरिरहेका छन् ।

यस्तैमा फिल्ममा अभिनेत्री पलक तिवारी भित्रिन लागेको खबर बाहिर आएको छ । फिल्मसँग नजिक सूत्रका अनुसार निर्माण युनिट पलकलाई फिल्ममा भित्र्याउने पहलमा छन् । फाइनल भएपछि अफिसियल्ली सार्वजनिक हुनेछ ।

पलकले सलमान खान अभिनीत फिल्म ‘किसीकी भाई किसिकी जान’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

केही दिन अगाडि फिल्ममा आर्यनको अपोजित भूमिकामा सारा अलि खान हुने सार्वजनिक गरिएको थियो । कार्तिक र साराले यस अगाडि २०२० मा रिलिज भएको फिल्म ‘लव आज कल’मा काम गरेका थिए । फिल्मको दौरानमा दुबैबिच प्रेम पनि थियो । अहिले ब्रेकअफ भैसकेको छ ।

फिल्ममा अभिनेत्री तब्बु पनि देखिनेछिन् । तब्बुले ‘भुल भुलैया २’मा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । मिडिया रिपोटका अनुसार हरर कमेडी ‘भुल भुलैया ३’ फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : २२ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता