यो साताका २० तस्बिर | Khabarhub Khabarhub

यो साताका २० तस्बिर


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता हिमाली क्षेत्रमा हिमपात भएका तस्बिरले धेरै चर्चा पाए । केही राजनीतिक घटनाक्रम र केही विकास निर्माणका कामका तस्बिर समेत संकलन भएका छन् । बेमौसफी फलफूल उत्पादनमा किसान र स्थानीय तहको सक्रियता । कृषि कर्ममा आधुनिकीकरण र कृषकका गतिविधिलाई यो साताका तस्बिरमा समेटिएको छ ।

जनकपुरधामको रङ्गभूमी मैदानमा विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको राम–सीता स्वयंवरको प्रतिमा बनाउँदै स्थानीय । तस्बिरः निरञ्जनकुमार साह
बागलुङ नगरपालिका–१४ कैया फाँटमा ट्याक्टरको सहायताले खेत जोत्दै किसान । बागलुङमा पछिल्लो समय गोरु पाइन छोडेपछि प्रविधिको सहायताले खेतबारी जोतिन्छ । तस्बिर: खेमराज गौतम
घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा उत्पादित गोलभेडा बिक्रीका लागि लैजान क्यारेटमा भर्दै किसान ।तस्बिरः कुलदीप न्यौपाने
चितवनको नारायणी नदीमा सञ्चालनमा रहेको क्रुजसिप र घुम्न आएका आन्तरिक पर्यटक । वर्षातको समयमा बन्द भएको क्रुजसिप बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । तस्बिर: कृष्ण आचार्य
चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट सोमबार नियन्त्रणमा लिइएको ध्रुवे हात्ती । मानव बस्तीमा पसेर दुःख दिन थालेपछि निगरानी गर्न ध्रुवेलाई रेडियोकलर जडान गरेर छाडिएको छ । तस्बिर स्रोतः चितवन राष्ट्रिय निकुन्ज
चितवनको कालिका नगरपालिका–१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन । तस्बिरः कृष्ण आचार्य
ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पामा हिउँ परेपछि सेताम्य डाडाँ र बस्ती । तस्बिरः हेमन्त केसी
काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर । यस मन्दिरमा २७ वटा गजुर रहेका छन् । तस्बिरः हरिराम भेटुवाल
घोराही उपमहानगरपालिका-१७ स्थित कर्जाहि गाउँकी स्थानीय महिला परालको गुन्द्री बुन्दै । तस्बिर: कुलदीप न्यौपाने
जुम्लाको सिंजा गाउँपालिका-३ स्थित नराकाेट गाउँ । तस्बिर: विजय रावत
सुर्खेतको गुर्भाकोट नगरपालिका(१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बेमौसमी ड्रागन फ्रुट उत्पादनका लागि जडान गरिएको बत्ती । तस्बिरः सुरेश आचार्य
बाला चतुर्दशीको अवसरमा आइतबार शतबीज छर्नका लागि तनहुँको देवघाटधाममा जाग्राम बस्ने भक्तजनको भीड । तस्बिरः कृष्ण न्यौपाने
भेबागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा भेँडा चराउँदै भेडीगोठाले । तीन जिल्लाका भेडागोठालेले पातीहाल्ने क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । तस्बिरः डम्मर बुढामगर
बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बिचमा महाकाली नदी । यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन् । तस्बिर: विनोदसिंह विष्ट
जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा । तस्बिरः चन्दन ठाकुर
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्ले पाटी क्षेत्रमा अगेना माथी सुकाएर राखेको चौंरी गाईको छुर्पी । प्रती केजी एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्ममा छुर्पी खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू
दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीेको मूर्ति बनाउँदै जानकी मगर । श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरुले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आएकी छन् । तस्बिरः कुलदीप न्यौपाने
दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । तस्बिरः सुरेश आचार्य
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवैध रूपमा लुकाइछिपाई ल्याएको १४ केजी सुन । तस्बिरः रत्न श्रेष्ठ

 

 

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ५४ बजे

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

काठमाडौं– गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक

भाेलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने

काठमाडौं– नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन

शंकर पोखरेलको निष्कर्ष : बालेन र राजावादी, रास्वपा र माओवादी मिलेर एमाले कमजोर बनाउन लागे

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा

शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प

काठमाडौँ – पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्वार्थसमूहको इच्छाबमोजिम काम गर्न नचाहेपछि

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश