वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र | Khabarhub Khabarhub

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन)को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ । 

प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिएका छन् । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् । उनले भने, ‘केन्द्रमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक पनि राख्ने र कस्ता बिरामी आउँछन् भनी त्यसको पनि अध्ययन गरिनेछ ।’

केन्द्रमार्फत नै यही मङ्सिर २४ गतेदेखि मस्तिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको छ । 

अस्पतालमा गत आइतबारदेखि राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ । सो सेवा पनि आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ । डा थापाले टाउकाको ट्युमर र मेरुदण्डको उपचार निःशुल्क गर्न सरकारसँग पहल भइरहेको बताएका छन् । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ३४ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस