समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला « Khabarhub

समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताएका छन् ।

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताए ।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात जनजीवनमा सहजता हुने बताए ।

विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताए । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरु भएको थियो । तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्ष अगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : २८ बजे

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका