भारत र ओमानबीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र ओमानबीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारत र ओमान बीच आर्थिक अपराध विरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराध विरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

द्विपक्षीय वार्तापछि दुई नेताहरू बीच विभिन्न १० वटा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत बृद्धि हुने क्षेत्रहरूमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ।

ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली पुग्नु भएको हो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ४६ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२