रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह | Khabarhub Khabarhub

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै आयोगले रूसी र युक्रेनी सेनामा भर्ना भएका तथा आक्रमणमा परी मृत्यु र घाइते भएको भन्दै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपाली संलग्न रहेको बुझिन आएको भन्दै आयोगले नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जाने बताएको छ ।

साथै युद्धमा परी मृत्यु भएकाको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ०८ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, आगामी महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक

कोशी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोप्चे–बराह क्षेत्रमा पुनः मोटरबोट सञ्चालन

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा (मोटरबोट)

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक