सालकको खपटासहित तीन जना पक्राउ « Khabarhub

सालकको खपटासहित तीन जना पक्राउ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं_ दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१ का २० वर्षीय अमृत लामा, सोही जिल्ला जिरी नगरपालिका-३ का  २५ विशाल बस्नेत र सोही नगरपालिका-४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन् ।

शुक्रबार काठमाडौंकाे पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ४४ इन्च लम्बाई, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रा सहितको सालकको खपटा/छाला जस्तो देखिने बस्तुसहित तीन जना अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : १३ बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको