सालकको खपटासहित तीन जना पक्राउ « Khabarhub

सालकको खपटासहित तीन जना पक्राउ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं_ दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१ का २० वर्षीय अमृत लामा, सोही जिल्ला जिरी नगरपालिका-३ का  २५ विशाल बस्नेत र सोही नगरपालिका-४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन् ।

शुक्रबार काठमाडौंकाे पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ४४ इन्च लम्बाई, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रा सहितको सालकको खपटा/छाला जस्तो देखिने बस्तुसहित तीन जना अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी डिभिजन बन कार्यालय, हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको