नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल « Khabarhub

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ ।

संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताए ।

“यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार एवम् संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्रदान गर्दछ । संस्थाको नेपालसँगै विश्वभर करिब एक सय देशमा च्याप्टर रहेका छन् ” उपाध्यक्ष पराजुलीले भने।

डेल्फिक काउन्सिलले चलचित्र, सङ्गीता, ध्वनि, प्रदर्शन, एक्रोब्याटिक्स, भाषा र भाषण, दृश्य, हस्त शिल्प, सामाजिक, सञ्चार, वास्तुसम्बन्धी कलालाई विभिन्न भागमा विभाजन गरी प्रवर्द्धन गरिरहेको नेशनल डेल्फिक काउन्सिलका अध्यक्ष श्रीदेव बिएलले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : २६ बजे

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण