हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान « Khabarhub

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले इन्डियन प्रिमियर लिग २०२४ को सिजनमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् ।

उनले मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान लिनेछन्। मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।तर, फ्रेन्चाइजीले रोहित शर्माको भूमिका स्पष्ट गरेको छैन । फ्रेन्चाइजीले १९ दिनअघि पाण्ड्यालाई १५ करोड भारुमा गुजरात टाइटन्ससँग किनेको थियो ।

पाण्ड्याका लागि दुई फ्रेन्चाइजीबिच नगद सम्झौता भएको थियो। त्यसयता पाण्ड्या कप्तान बन्ने अड्कलबाजी चलिरहेको थियो ।

फ्रेन्चाइजीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अलराउन्डर खेलाडी पाण्ड्या मुम्बई इन्डियन्सको कप्तानको जिम्मेवारी लिन तयार रहेको जनाएको छ । उनले सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा सफल कप्तान रोहित शर्माको स्थान लिने मुम्बईको भनाई थियो ।

पाण्ड्याले पहिलो सिजनमा नै गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । गुजरात टिम २०२२ सिजन च्याम्पियन र २०२३ मा उपविजेता बनेको थियो । पाण्ड्या बाहिरिएपछि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान बनाएको छ ।

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका ५औँ नियमित कप्तान हुनेछन् । उनीअघि रोहित शर्मा, रिकी पोन्टिङ, हरभजन सिंह र सचिन तेन्दुलकरले टोलीको कप्तानी गरेका थिए।

मुम्बई आईपीएलको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले अहिलेसम्म ५ उपाधि जितेको छ । सबैभन्दा धेरै आईपीएल उपाधि जित्ने मामिलामा चेन्नई सुपर किंग्सको बराबरी छ । चेन्नईको टोली ६ पटक उपविजेता बनेको छ भने मुम्बई इन्डियन्स एक पटक मात्र उपविजेता भएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ०१ बजे

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका