इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित « Khabarhub

इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो ।

महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा ४२८ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा १३६ रन तथा दोस्रो इनिङ्समा १३१ रन बनायो ।

यस खेलमा नौ विकेट लिने दीप्ति शर्मा खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । दोस्रो इनिङ्समा दीप्ति शर्माले ३२ रनमा चार विकेट लिइन् भने पूजा वस्त्रकारले तीन र राजेश्वरी गायकवाडले दुई विकेट लिइन्। पहिलो इनिङ्समा दिप्ती शर्माले पाँच र स्नेह रानाले दुई विकेट लिएकी थिइन् ।

इंग्ल्यान्डका दुवै इनिङ्समध्ये पहिलो इनिङ्समा मात्रै खेलाडीले अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा नेट स्काइभर ब्रन्टले सर्वाधिक ५९ रन बनाइन् । भारतका लागि पहिलो इनिङ्समा चार खेलाडीले अर्धशतक बनाएका थिए । दोस्रो इनिङ्समा भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ४४ रन बनाइन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ०८ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका