चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला « Khabarhub

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।

काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा हुने परीक्षाका लागि आजदेखि आवेदन खुला गरेको हो ।

उक्त परीक्षामा सहभागी हुन exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन काउन्सिलले अनुरोध गरेको छ । 

आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने काउन्सिलले जनाएको छ ।

परीक्षा माघ १७ देखि १९ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ४० बजे

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६