काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन « Khabarhub

काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाको काममा केन्द्र र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रमुख बालेनले केही काम गर्न खोज्दा मुद्दा हाल्ने गरिएको गुनासो गरे । उनले संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झनै अल्झाउने काम भइरहेको दुखेसो पोखे ।

उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि आवश्यक कानुन निर्माणमा सरकारले कुनै पहल नगरेको टिप्पणी गर्दै  पाँच मिनेटदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

प्रमुख बालेनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । उनले काठमाडौँका खोला अतिक्रमणमुक्त बनाउन सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रमुख साहले भने, ‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समय जतिमा समाधान हुन्छ । पाँच मिनेटदेखि एक घण्टामा सकिन्छ ।’

उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्नेमा सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए । उनले काठमाडौँ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ०९ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी