माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो | Khabarhub Khabarhub

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ ।

आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ । ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ ।

 ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।

नयाँ वर्ष मनाउन २०७६ माघमा घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करिब १५ महिना ठप्प भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकोमा फेरि काममा ढिला सुस्ति भइरहेको थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ५७ बजे

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट

सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध

टिकटक स्टार खाबी लेमको मृत्यु भएको हल्ला झुटो

काठमाडौं- हालसालै सामाजिक सञ्जालमा विश्वप्रसिद्ध टिकटक स्टार खाबी लेमको “दुर्घटनामा