सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार | Khabarhub Khabarhub

सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

सिरहा– बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो । आरोपी भने फरार छन्।

विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाइफकाइ र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीबारीमा पुर्‍याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएका छन् ।

आफन्त र परिवारका सदस्यले विद्यालय गएका छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए । खोज तलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए । खोजीकै क्रममा शनिबार बिहान मात्र गोलबजार ४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए ।

प्रहरीसामु घटनाबारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटनाबारे सबै बताएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले साेमबार जाहेरी दर्ता भइसकेको बताए । उनले भने, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरूकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भइसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : ४९ बजे

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली