सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार « Khabarhub

सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

सिरहा– बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो । आरोपी भने फरार छन्।

विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाइफकाइ र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीबारीमा पुर्‍याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएका छन् ।

आफन्त र परिवारका सदस्यले विद्यालय गएका छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए । खोज तलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए । खोजीकै क्रममा शनिबार बिहान मात्र गोलबजार ४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए ।

प्रहरीसामु घटनाबारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटनाबारे सबै बताएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले साेमबार जाहेरी दर्ता भइसकेको बताए । उनले भने, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरूकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भइसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : ४९ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ