विप्लवविरुद्धको पक्राउ पुर्जीमा प्रधानमन्त्री सहभागी मोर्चाको आपत्ति | Khabarhub Khabarhub

विप्लवविरुद्धको पक्राउ पुर्जीमा प्रधानमन्त्री सहभागी मोर्चाको आपत्ति


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नै रोटेसनमा अध्यक्ष बन्ने भनिएको समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष दुई नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ ।

काठमाडौं जिल्ला अदालतको पुस १८ मा गोरखापत्रमा सूचना प्रकाशन गरी ३५ दिनभित्र अदालतमा उपस्थित हुन नेकपा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत अन्य नेतालाई सूचित गरेको थियो ।

विप्लवको पार्टीसमेत सहभागी भएको मोर्चाले त्यसको २० दिनपछि वक्तव्य निकालेर आपत्ति जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवं मोर्चाका वर्तमान अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर भएको सो वक्तव्यले नेपाल सरकार र विप्लवको पार्टीबिचको तीन बुँदे सम्झौता लागु गर्न आह्वान गरेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ साल फागुनमा विप्लवको पार्टी र सरकारबीच तीन बुँदे सहमति भएको थियो ।

त्यस सहमति पत्रमा राजनीतिक विषयको समाधान संवादबाट गर्ने, शान्तिपूर्ण राजनीति गर्ने, नेपाल सरकारबाट पार्टीलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने उल्लेख गरिएको थियो ।

अदालतले उनीहरुविरुद्ध २०७६ असोज ९ गते दर्ता भएको राज्यविरुद्धको कसुर मुद्दालाई लिएर पक्राउ पूर्जी जारी गरेको हो ।

सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै विप्लवको पार्टीले देशव्यापी आन्दोलनको पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ३ : ३१ बजे

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान