माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता « Khabarhub

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकद्वारा ‘गेट पे’ संचालनको लागि त्रिपक्षीय सम्झौता


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले सोमबार एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे)संचालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् ।

सम्झौता पत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस संचालनमा आइसकेपछि भुक्तानी उपकरण र संजाललाई बैंक र व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।

यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरण तथा संजाललाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुनेछ । भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरुले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पे मा रहेका छन् ।

उक्त सम्झौता पछि, तीनै पक्षले चाँडो यसलाई प्रयोगमा ल्याउने दाबी गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ३४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल