भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन « Khabarhub

भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् ।  

‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ निम्न व्यापारी सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देश गरे । 

‘प्लास्टिकको छानालाई  टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ’, उनले भने, ‘शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।’

सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेको बताए । ‘परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,’ उनले भने । 

समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले  शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताएका छन् ।

 सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०–४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गरे ।

समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताएका छन् । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरूले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : २२ बजे

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग

राष्ट्रियसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात : कतार आठ विकेटले पराजित

काठमाडौँ– मलेसियामा आजबाट सुरु एसिसी महिला प्रिमियर कपमा नेपालले विजयी

मकैको खोस्टा उपयोगका लागि तालिम

तनहुँ– केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा