अमेरिकी राष्ट्रपति बाइडेनको सवारी दुर्घटनामा परेपछि… « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनको सवारी दुर्घटनामा परेपछि…


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जो बाइडेनको सवारी दुर्घटनामा परेको छ । डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेनको सवारी दुर्घटनामा परेको हो ।

राष्ट्रपतीय मोटरको लस्करमा सामेल एउटा गाडीलाई तीव्र गतिमा आइरहेको सेडान कारले ठक्कर दिएको थियो । ठक्कर खाएको गाडीमा भने राष्ट्रपति सवार थिएनन् ।

उनी दुर्घटनास्थलबाट ४० मिटरको दूरीमा रहेको जनाइएको छ । दुर्घटनापछि राष्ट्रपतिलाई सुरक्षाकर्मीले हतारहतार अर्को गाडीमा हुलेका थिए ।

राष्ट्रपतिको सवारी दुर्घटनामा पर्नुको कारणबारे अझै स्पष्ट हुन नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनापछि राष्ट्रपति र प्रथम महिला सुरक्षित रहेको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको