सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सकियो सुनुवाइ, अनुमोदन बुधबार हुने « Khabarhub

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सकियो सुनुवाइ, अनुमोदन बुधबार हुने


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबारबाट सुरु भएको संसदीय सुनुवाइ आज कानुन व्यवसायीवाट सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाममा सुनुवाइ भएसँगै सकिएको हो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

न्याय परिषदको सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वानसमेत गरेको थियो । समितिमा उजुरी परेका प्रस्तावित न्यायाधीशहरुले संसदीय सुनुवाइका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ पनि दिएका थिए ।

संसदीय समितिमा सुनुवाइ सकिएपछि अब उनीहरुको नाम समितिबाट अनुमोदन हुनुपर्नेछ । अनुमोदनका लागि समितिको बैठक बुधबारका लागि बोलाइएको छ ।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : २६ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर