किसान महासङ्घद्वारा मुख्यमन्त्रीसमक्ष पाँच बुँदे माग | Khabarhub Khabarhub

किसान महासङ्घद्वारा मुख्यमन्त्रीसमक्ष पाँच बुँदे माग


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री  शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ ।

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ । महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ ।

जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने माग छन् ।

यस्तै, बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्याङ्क सङ्कलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा  समयमै उपलब्ध गराउनुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखिएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए । उनले किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ११ : ०४ बजे

हात्तीको आक्रमणबाट १३ जना घाइते

कोलम्बो– दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

नयाँदिल्ली– भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुई वटा छुट्टै

जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर तर दोहोरो अङ्कको नजिक

ढाका– बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता

विपदबाट प्रभावित जनताको जिउधनको रक्षा गर्न सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख