चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प, ११८ जनाको मृत्यु « Khabarhub

चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प, ११८ जनाको मृत्यु


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११८ पुगेको छ । 

 सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

सो  भूकम्पमा परी २५० जना घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो । 

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ४५ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।