वडामै पुगेर योजना सम्झौता « Khabarhub

वडामै पुगेर योजना सम्झौता


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् । वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण–८ राम्चेको देउराली आधारभूत विद्यालयको भवन निर्माण समितिका अध्यक्ष फासबहादुर गर्बुजाले बताएका छन्  ।

 ‘हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन रु १४ हजार गाडीभाडा र कम्तीमा पूरै दिन लाग्ने गरेको थियो,’ उनले भने ‘वडामै योजना सम्झौता गर्न पाउँदा गाउँगाउँमा सिंहदरबार आएको महसुस भयो ।’ योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नुपर्छ । कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो । 

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली राम्चे पुगेको थियो । आइतबार र सोमबार सञ्चालन भएको शिविरमा ८ योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताए । विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधिकारीलाई सहज भएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले गाउँपालिकाको आठ वटै वडामा पुगेर योजना सम्झौता गरिने बताएका छन् । 

‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौँ,’ उनले भने ‘योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापनसम्बन्धी तालिम पनि दिन्छौँ ।’ वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब एक सय पचास वटा योजना कार्यान्वयन गर्दैछ । 

तीन लाखभन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ । बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटि न्यूनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो । 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १ : १० बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा