रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने « Khabarhub

रचिन रवीन्द्रले चेन्नईबाट आईपीएल खेल्ने


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूजिल्याण्डका युवा अलराउन्डर रचिन रवीन्द्रले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सबाट खेल्ने भएका छन् ।

मंगलबार दुबईमा भएको खेलाडी अक्सनमा चेन्नईले रवीन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको हो । न्यूनतम ५० लाख भारु मूल्य रहेका रवीन्द्रलाई दिल्ली क्यापिटल्स, पञ्जाब किङ्ग्सले चासो देखाएपनि अन्तत: चेन्नईले बाजी मारेको थियो ।

भारतीय मूलका रवीन्द्रले हालै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा शानदार प्रदर्शन गरेर सबैलाई प्रभावित पारेका थिए ।

त्यस्तै, खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रार्दुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।

त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरङ्गालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।

त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्ट इन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ४३ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा