कानुनमा लेखिएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना « Khabarhub

कानुनमा लेखिएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानुनमा उल्लेख समान अधिकार र सहभागिताका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

महिला, कानुन र विकास मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक देखिएको भन्दै कानुनमा उल्लेख भएका विषयलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका हुन् ।

कतिपय विकसित मुलुकमा कानुनमा नलेखे पनि व्यवहारमा समानताको विषय कार्यान्वयन भइरहेकोले सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले आरक्ष र विशेष अधिकारलाई निश्चित समयका लागि मात्रै कार्यान्वयन गर्ने र त्यसपछि प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले संविधानमै लेखिएको विषय कार्यान्वयनका लागि कानूनको अभाव हुने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : २५ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,