काठमाडौंको कलंकीमा ३ तले घरलाई लक्षित गर्दै गोली प्रहार « Khabarhub

काठमाडौंको कलंकीमा ३ तले घरलाई लक्षित गर्दै गोली प्रहार


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीस्थित १ घरमा गोली प्रहार भएको छ ।

कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । शर्मा पेशाले हाइड्रो इन्जिनियर हुन् ।

शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर घरको झ्यालको सिसा फुटेको छ ।

गोली प्रहार भएलगत्तै शर्मा परिवारले प्रहरीलाई खबर गरेको थियो । महानगरीय प्रहरी बृत्त कालिमाटी र काठमाडौं परिसरबाट गएको प्रहरी टोलीले घरको कोठाबाट एउटा गोली फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले दुर्घटनाबस गोली चलेको हुनसक्ने बताए ।

‘अहिलेसम्म गोली कसले चलाएको हो भन्ने विषय यकिन हुने सकेको छैन । हामीले यसमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं,’ सुवेदीले भने, ‘कसैले दुर्घटनाबस गोली चलाएको हुनसक्छ भन्ने कुरा पनि आएको छ । त्यस क्षेत्रमा इजाजत प्राप्त हतियार भएका व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ ।’

एसएसपी सुवेदीका अनुसार शर्माको घरको कोठाबाट २.२ एमएमको गोली फेला परेको छ । उक्त गोली पेस्तोलको नभइ सानो हतियारको भएको सुवेदीले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : २२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा