एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी पक्राउ « Khabarhub

एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी बाँकेमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी रहेका छन् ।

उनले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ ।

पीडित महिलाले उनीविरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधको कसुरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो । यद्यपि उनी फरार रहेका थिए ।

आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ५१ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा