विभिन्न स्थानबाट ६ जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानबाट ६ जना मृत अवस्थामा फेला


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट ६ जना मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीकाे रुपनी गाउँपालिका-४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीया पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको  पत्करले  छोपिएको अवस्थामा शव फेला परेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाकाे गोरखा नगरपालिका-३ रोजिटार बस्ने ५७ वर्षीया तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

उदयपुरको कटारी नगरपालिका-१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-९ बाँके गाउँ घर भएका ५१ वर्षीय अशोक कुमार कुहार सोही उपमहानगरपालिका-१३ स्थित साथीको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छ्न् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : २२ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर